कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आज तपाईंको वाणीमा मिठास रहनेछ, जसले अरूलाई प्रभावित गर्नेछ। आर्थिक मामिलामा राम्रो अवसर प्राप्त हुनेछ र रोकिएको धन फिर्ता आउन सक्छ। पारिवारिक सदस्यहरूसँगको सम्बन्ध सुदृढ हुनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनतको कदर हुनेछ र पदोन्नतिको सम्भावना छ। स्वास्थ्यमा सामान्य ध्यान दिनुहोला। अनावश्यक तर्क-वितर्कबाट बच्नुहोस्। यात्राको योग बन्न सक्छ। नयाँ जिम्मेवारीले उत्साह बढाउनेछ। शुभ रंग: हरियो, शुभ अंक: ५